\
घटनाराष्ट्रिय समाचार

बैतडीमा खोलाले बगाउँदा १ जना महिलाको मृत्यु

बैतडी, २१ असार । खोलाले बगाउँदा बैतडीमा शनिबार एक महिलाको मृत्यु भएको छ । पुर्चौँडी नगरपालिकास्थित जमाडी खोलाले बगाउँदा अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।

मृतक महिलाको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । जमाडीखोलाले बगाएर ल्याएको अवस्थामा गिरीजाबगर भन्ने स्थानमा महिलाको शव फेला परेको हो ।

उहाँले भन्नुभयो, “मृत महिलालाई खोलाले बगाएर ल्याएको जस्तो छ ।” शनिबार मध्याह्न स्थानीय बासिन्दाले खोला किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply