\
अपराधराष्ट्रिय समाचार

नारायणी नदीमा माछा मार्ने क्रममा १ जना युवक बेपत्ता

भरतपुर, १२ असार । नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका–४ बस्ने २१ वर्षीय टिङ्कु चौधरी बेपत्ता भएको जिल्लाप्रहरी कार्यालय चितवनले जनाएको छ ।

नदी किनारमा माछा मार्ने क्रममा उनलाई बढीले बगाएको थियो । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ ।

Leave a Reply