\
मृत्युराष्ट्रिय समाचार

कपिलवस्तुमा चट्याङ लागेर १ जनाको मृत्यु

चन्द्रौटा, ११ असार । चट्याङ लागेर कपिलवस्तुको शिवराज नगरपालिका–११ थुनिहाका ४५ वर्षीय सत्यनारायण कुर्मीको मृत्यु भएको छ ।

खेतमा रोपाइँ गर्न गएको बेला आज दिउँसो चट्याङ लागेर उहाँको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिनुभयो ।

चट्याङ लागेर गम्भीर घाइते भएका कुर्मीलाई उपचारका लागि चन्द्रौटामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो ।

Leave a Reply