\
धर्म-संस्कृतिमधेश प्रदेशमुख्य समाचार

तराई मधेशमा आज होली पर्व मनाइँदै

काठमाडौँ । फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । हिजो आइतबार हिमाली एवं काठमाडौँ उपत्यकासहित पहाडी जिल्ला सो पर्व मनाइएको थियो ।

होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ भने हिजो आइतबार काठमाडौँ उपत्यका लगायत पहाडी र हिमाली जिल्लामा पनि सोमबार बिदा दिएको थियो ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।

होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रंगिएर उल्लासपूर्वक वातावरणमा नाचगान, रमाइलो गर्ने प्रचलन छ ।

Leave a Reply