\
मनोरञ्जनमुख्य समाचार

अन्तत: अभिनेता पल शाह भए रिहा

काठमाडौँ । अन्तत: अभिनेता पूर्णविक्रम (पल) पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराले हिजो सफाइ दिएपछि शाह आज सोमबार तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर रिहा भएका हुन् ।

हिजो आइतबार कार्यालय समय सकिएकोले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै सवै प्रकिया पुरा गरेर उनी रिहा भएका हुन् । अव रिहा भएपछि उनी आजै काठमाडौँ आउने बुझिएको छ ।

बालयौन दुराचारको मुद्दामा अभिनेता शाहलाई उच्च अदालत पोखराले हिजो सफाइ दिएको थियो । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले हिजो नायक शाहलाई सफाइ दिएको थियो ।

नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतको हिजोको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको थियो ।

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाह विरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।

शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

यो पनि पढ्नुहोस्

उच्च अदालतबाट आज सफाइ पाएका पल भोलि रिहा हुने (पूर्णपाठ)

अभियोग दाबी नपुग्ने भन्दै पल शाहलाई उच्च अदालतले दियो सफाइ

नायक पल शाहलाई अदालतमा उपस्थित गराउन आदेश

Leave a Reply