\
मनोरञ्जनमुख्य समाचार

कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय

काठमाडौँ । एक युवतीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय भएको छ ।

सौन्दर्य प्रतियोगिता सञ्चालनको नाममा बलात्कार गरेको अभियोग लागेका पाण्डेलाई मानव बेचबिखन मुद्दामा काठमाडौं जिल्ला अदालतले ७ वर्ष कैद सजाय सुनाएको हो ।

काठमाडौं जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले आज यौनशोषण र मानव बेचबिखनमा पनि पाण्डेलाई दोषी ठहर गरेको हो । अदालतले पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिन र पीडित राहत कोषमा १३ सय रुपैयाँ जम्मा गर्न आदेश दिएको हो ।

यसअघि बलात्कार आरोपित पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो । मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रकाश ढुंगानाले आदेश दिएका थिए ।

करिब ८ वर्षअघि १६ वर्षको उमेरमा मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो । सो प्रतियोगिता सकिएपछि पाण्डेले ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडित युवतीको भनाइ रहेको थियो ।

मिस ग्लोबल इन्टरनेसनल-२०१४ मा सहभागी पिडित मोडलले आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको भनेर सामाजिक सञ्जालबाट विगतमा भिडियो सार्वजनिक गरेकी थिइन् ।

टिकटक युजर आईडी ‘सुसी खान जाने हो’ बाट पीडित युवतीले आफू बलात्कृत भएको आरोप लगाएर भाग-१ देखी भाग-२० सम्मका भिडियोहरु पोष्ट गर्दै कारवाहीको माग गरेपछि सामाजिक सञ्जालमा ती भिडियोहरु भाइरल भइरहेका थिए ।

यो पनि पढ्नुहोस्

बलात्कार आरोपित पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

युवती बलात्कार आरोपित कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ

Leave a Reply