\
आम निर्वाचन-२०७९मुख्य समाचारसुदूरपश्चिम प्रदेश

बाजुरामा पनि मतगणना पुनः सुचारू

बाजुरा । बाजुरामा रोकिएको मतगणना पनि पुनः सुचारू भएको छ । बाजुरामा स्थगित गरिएको प्रतिनिधिसभा र प्रदेश सभा दुवैतर्फको मतगणना पुनः सुचारू भएको हो ।

बाजुराको हिमाली गाउँपालिका–६ स्थित धिम मतदान केन्द्रमा गरिएको मुचुल्काभन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको थियो । प्रतिनिधिसभातर्फको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ३० मतपत्र बढी भेटिएपछि गणना रोकिएको थियो ।

मुचुल्का भन्दा बढी मत भेटिएपछि विवाद हुँदा आज बिहानदेखि बाजुरामा मत गणना स्थगित गरिएको थियो । नयाँ मुचुल्का बनाएर मत गणना अगाडि बढाउने सहमति भएपछि मतगणना पुनः सुचारू भएको हो ।

Leave a Reply