\
आम निर्वाचन-२०७९बागमती प्रदेशमुख्य समाचार

काठमाडौँ क्षेत्र नं २ : रास्वपाकी सोविताको अग्रता कायमै, एमालेका फुयाल दोस्रो

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम फराकिलो मतान्तरले अगाडि रहेकी छन् । गौतमले ५ हजार ३३६ मत प्राप्त गरेर पहिलो स्थानमा रहेकी छन् ।

यस्तै नेकपा एमालेका मणिराम फुयालले ३ हजार ८०१ मत ल्याएर दोस्रो स्थानमा रहेका हुन् । एमालेका फुयाललाई पछ्याउदै गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) का ओनसरी घर्तीले ३ हजार ७९१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेकी छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तादेवी पोखरेल ३ हजार ७६९ मतसहित माओवादीकी घर्तीलाई पछ्याउदै चौथो स्थानमा छिन् । काठमाडौँ क्षेत्र नं २ मा ८१ हजार ९७० मतदाता रहेकोमा १८ हजार ७८७ मत गन्दा ७७३ मत बदर भएर १८ हजार १४ मत सदर भएको छ ।

Leave a Reply