\
आम निर्वाचन-२०७९बागमती प्रदेशमुख्य समाचार

काठमाडौँ क्षेत्र नं ७ : एमालेका घिमिरेको प्रारम्भिक अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले ९५० मतसहित प्रारम्भिक अग्रता कायम राखेका छन् ।

काठमाडौँमा महानगरपालिका वडा नं १६ नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आर्टस् केन्द्रमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले ८५६ मत प्राप्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ६९८ मत प्राप्त गरेकी छिन् । अपराह्न ४ बजेसम्म तीन हजार ६५९ मत गणना सकिएको छ । गणना गरिएको मतमध्ये तीन हजार ५४४ सदर र ११५ मत बदर भएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् ।

सो क्षेत्रमा पानीको जार निर्वाचन चिह्नका उम्मेदवारले २४३, लौरो निर्वाचन चिह्नका उम्मेदवारले १३८ र क्रस खुकुरी निर्वाचन चिह्नका उम्मेदवारले १२७ मत प्राप्त गरेका छन् । निर्वाचन क्षेत्र नं ७ को प्रदेशसभातर्फको दुवै क्षेत्रको मतगणना शुरु भएको छ ।

Leave a Reply