\
मनोरञ्जनमुख्य समाचार

अभिनेता पल शाहका म्‍यानेजर जोशी तनुहँबाट पक्राउ

काठमाडौँ । अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । शाहका म्‍यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए । पछि २७ फागुनमा उनले प्रहरीकहाँ आत्मसमर्पण गरेका थिए ।

Leave a Reply