भ्लगर चेतन कार्की पक्राउ
काठमाडौं । भ्लगर चेतन कार्की लागु औषधी खैरो हेरोइनसहित पक्राउ परेका छन् । ४.१४ ग्राम हेरोइनसहित कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट खैरो हेराेइन र करिव ७ ग्राम गाँजासमेत फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर लागूऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।