\
मनोरञ्जनमुख्य समाचार

सिनेमा हल, डान्सबार माघ मसान्तसम्म बन्द गराउन सीसीएमसीसीको सिफारिस

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर जस्ता भिडभाड हुने क्षेत्रलाई माघ मसान्तसम्म बन्द गराउन सिफारिस गरेको छ ।

आज शुक्रबार बसेको बैठकले वर्तमान समयमा कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भिडभाड हुने क्षेत्रलाई माघ मसान्तसम्म बन्द गराउन सिफारिस गरेको हो ।

कोरोना जोखिम कायमै रहेकाले माघ मसान्तसम्म रोक लगाउन सीसीएमसीसीले सिफारिस गरेको हो । यसअघि माघ १५ गतेसम्म यी क्षेत्रहरूलाई बन्द गरिएको थियो ।

Leave a Reply