\
कोरोनामुख्य समाचार

काठमाडौं उपत्यकामा आज थप ३६९ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २८४ जना, ललितपुर जिल्लामा ६२ जना र भक्तपुर जिल्लामा २३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६२ जनाले कोरोना जितेका छन् ।

Leave a Reply