खोलामा डुबेर दुईको मृत्यु
२२ चैत, संखुवासभा । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ ।
सिलिचोङ गाँउपालिका–१ रियाम्मा गाउँका १४ वर्षीय छोरा धर्मेन्द्र राई र १३ वर्षीय बालकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्दा खोलामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।