\
अपराधमुख्य समाचार

महिलालाई करणी गरेको आरोपमा वडा सदस्य पक्राउ

१६ चैत, फिदिम । महिलालाई करणी गरेको आरोपमा पाँचथरका एक जनप्रतिनिधि पक्राउ परेका छन् ।

फालेलुङ ६ का वडा सदस्य कमल गुरुङ छिमेकी महिलालाई गर्भवती बनाएको आरोपमा पक्राउ परेका हुन् ।

अनुसन्धानका क्रममा महिलाको पेटमा तीन महिनाको गर्भ रहेको खुलेको पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।

महिलाका श्रीमान वैदेशिक रोजगारीको क्रममा दुई बर्षदेखि मलेसियामा छन् ।

Leave a Reply