सुटिङकै क्रममा हाँस्य कलाकार रमेश केसीको निधन
काठमाडौँ । सुटिङकै क्रममा हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । केसीको ६९ बर्षको उमेरमा आज बिहान ९ बजे गीत छायांकनको सेटमा हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले जानकारी दिए ।
आज आइतबार तारकेश्वर नगरपालिका-६ महाँकालमा रहेको छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दैगर्दा एक्कासी उनी ढल्न पुगेर तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएलगतै उनलाई मृत घोषित गरिएको थियो ।
उनी बिहानै सिरियल ‘हल्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका लागि सो ठाउँ पुगेका थिए । लामो समयदेखि उनी मुटु सम्बन्धी समस्याबाट पीडित रहेका थिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । अन्त्येष्टि अगाडि उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमै केही घन्टा राखिने भएको छ । उनका २ छोरा, ३ छोरी र श्रीमती रहेका छन् ।
नाटक ‘अन्जान’बाट अभिनय थालेका केसीले थुप्रै नाक, सडक नाटक, म्युजिक भिडियो, टेलिसिरियल र फिल्मसमेत अभिनय गरेका छन् । उनी पछिल्लो समय सिरियल ‘एकादेशको चुरिफुरी’ ‘हर्के हवल्दार’ लगायतमा देखिँदै आएका थिए ।