\
मनोरञ्जनमुख्य समाचार

मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको ‘सुनको कचौरी’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको स्वर रहेको ‘सुनको कचौरी…’ नामक नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको रहेको छ भने म्युजिक एरेन्ज राजन इशानले गरेका छन् । सो गीतको म्युजिक भिडियो भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको अभिनय रहेको छ ।

राजेश पुमा राईले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिचेका हुन् । सम्पादन विकास दाहालले गरेका छन् ।

Leave a Reply