\
कोरोनाबागमती प्रदेशमुख्य समाचार

नुवाकोटमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु

त्रिशूली । नुवाकोट जिल्लामा कोरोना संक्रमति भएर पछिल्लो चौबीस घण्टामा थप ३ जनाको निधन भएको छ । दुई जनाको त्रिशूली अस्पतालमा र एक जनाको घरकै एकान्तबासमामा निधन भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले जानकारी दिए ।

योसँगै जिल्लामा संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २९ जना पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । हाल जिल्लामा कोरोनाको सक्रिय संक्रमितको सङ्ख्या ९४४ जना रहेको छ ।

Leave a Reply