\
अपराधमुख्य समाचार

धारिलो हतियार प्रहार गरी युवकको हत्या

८ फागुन, काठमाण्डौ । काठमाण्डौ चुच्चेपाटीमा धारिलो हतियार प्रहार गरी स्थानीय २५ वर्षीय छिरिङ शेर्पाको हत्या भएको छ ।

हत्यामा संलग्न सोही ठाउँ बस्ने १८ वर्षीय विवेक तामाङलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामान्य विवादमा विवेकले गएराति पौने ९ बजेतिर छिरिङलाई छातिमा हतियार प्रहार गरेका थिए । गम्भीर घाइते छिरिङको उपचारको क्रममा मेडिकेयर अस्पतालमा मृत्यु भएको वौद्ध प्रहरीले जनाएको छ ।

Leave a Reply