\
मुख्य समाचारसन्देश

१३ बर्ष अघिको तस्वीर सेयर गर्दै अमेरिकी राजदुत बेरीले दिए महाशिवरात्रीको शुभकामना

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले १३ बर्षअघिको तस्वीर ट्वीटरमा सेयर गर्दै महाशिवरात्रीको शुभकामना दिएका छन् । उनले आफूले नेपालमा झन्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको बताउँदै तीमध्ये आफूलाई सवैभन्दा मनपर्ने यो तस्वीर चाहिं १३ बर्षअघिको भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘महाशिवरात्रीको शुभकामना। मैले नेपालमा झन्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको छु र तीमध्ये मलाई सवैभन्दा मनपर्ने यो तस्वीर चाहिं १३ बर्षअघिको हो। तपाईंहरू सबैको दिन शुभ रहोस्। Happy #Mahashivaratri2021 !’

Leave a Reply