पूर्वमिस नेपाल शृंखला खतिवडालाई ठुलो सफलता : हावर्ड युनिभर्सिटीमा पढ्न जाने पाइन् मौका
काठमाडौँ । अहिलेसम्मकी वौद्धिक पूर्वमिस नेपाल भनेर चिनिने शृंखला खतिवडाले अर्को ठुलो सफलता हात परेकी छिन् । उनले संसारकै उत्कृष्ट विश्वविद्यालय हावर्डमा उच्च शिक्षाको लागि भर्ना पाएकी छिन् ।
अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड युनिभर्सिटीबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा खुसियाली साट्दै सो को जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘यो मेरा लागि अहिलेसम्मकै खुसीको कुरा हो । कसरी व्यक्त गरुँ !’
सन् २०१८ मा मिस नेपाल बनेकी खतिवडाले उक्त विश्वविद्यालयमा अर्बान प्लानिङ (सहरी विकास योजना) विषयमा स्नातकोत्तरमा भर्ना पाएकी हुन् ।