\
मुख्य समाचार

जापान र नेपालबीच उच्च स्तरको भ्रमण आदान-प्रदान हुने प्रधानमन्त्री ओलीको अपेक्षा

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी राजदूत मासामिची साइगोको कार्यकालमा नागढुङ्गा सुरुङ लगायत विभिन्न कार्यक्रम मार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सुदृढ भएको बताएका थिए ।

नेपालका लागि जापानी राजदूत साइगोसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बिदाइ भेटमा प्रधानमन्त्रीले आगामी दिनमा दुई घनिष्ठ मित्र देशबीच राष्ट्राध्यक्ष तथा सरकार प्रमुख स्तरको भ्रमण आदान-प्रदान हुने अपेक्षा समेत गरे ।

राजदूत साइगोले आफ्नो आफ्नो दुई वर्ष नौ महिनाको कार्यकालभर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरे ।

Leave a Reply