\
अन्तर्राष्ट्रिय समाचारपक्राउ

लकडाउन उल्लंघन गरेकोमा भारतीय नायिका तथा मोडल पुनम पाण्डे पक्राउ

मुम्बई, वैशाख २९ । लकडाउन उल्लंघन गरेपछि भारतीय नायिका तथा मोडल पुनम पाण्डे पक्राउ परेकी छन् । उनलाई मुम्बई प्रहरीले आइतबार कोभिड-१९ संक्रमण जोखिम न्यूनिकरणको लागि गरिएको लकडाउन उल्लंघन गरेपछि पक्राउ गरिएको हो ।

पुनम विएमडब्लु कारमा आफ्नो साथीहरुसँग मस्त घुमिरहेकी थिइन् । पुनमलाई सरकारी आदेश पालना नगरेको आरोप लागेको छ । प्रहरीले पुनमसँगै उनका साथी सैम अहमदलाई पनि गिरफ्तार गरेको छ । प्रहरीले उनको कार पनि जफत गरेको छ ।

मुम्बई प्रहरीका अनुसार पुनम र उनका साथीलाई मरिन ड्राइभ क्षेत्रमा एक पाँच तारे होटल अगाडि गिरफ्तार गरिएको हो ।  उनलाई आजै अदालतमा पेश गरिँदैछ ।

Leave a Reply