\
अन्तर्राष्ट्रिय समाचारघटना

रसियामा ७.५ म्याग्निच्युडको भूकम्प

चैत १२, एजेन्सी । आज बुधबार रसियाको कुरिल टापुमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले यसबारे जानकारी दिएको छ । भूकम्प लगत्तै सुनामीको चेतावनी दिएपनि पछि यो रद्द गरिएको छ ।

भूकम्पको केन्द्र ५९ किलोमिटर गहिराइमा जापानी शहर सप्पोरोको १४०० किलोमिटर उत्तर पूर्वमा रहेको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ ।

सुरुमा सुनामीको चेतावनी जारी गरेपनि भूकम्पका कारण सुनामीको साना तरङ्गमात्रै आएको अब कुनै खतरा नरहेको बताइएको छ । भूकम्पको क्षती विवरण आउन बाँकी छ ।

Leave a Reply