\
अन्तर्राष्ट्रिय समाचार

रूसी आक्रमणमा ८४७ युक्रेनीको मृत्यु, एक हजार ३९९ जना घाइते

एजेन्सी । रूसको आक्रमणबाट ८४७ युक्रेनी नागरिकको मृत्युु भएको छ भने एक हजार ३९९ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले शनिबारसम्म रूसको आक्रमणबाट ८४७ युक्रेनी नागरिक र ६४ जना बालबालिकाको मृत्यु भएको जानकारी दिएको हो ।

धेरैजसो आर्टिलरी, रकेट, मिसाइल, एयर स्ट्राइक लगायत विस्फोटक हतियारबाट मारिएको कार्यालयले जनाएको छ । वास्तविक मृत्युको संख्या भने अझै नखुलेको रोयटर्सले जनाएको छ ।

Leave a Reply