\
अन्तर्राष्ट्रिय समाचार

चीनमा एकैदिन ५ हजार जनामा कोरोना पुष्टि भएपछि ११ सहरमा लकडाउन

एजेन्सी । चीनमा ५ हजार २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समाचार संस्था एएफपी अनुसार मंगलबार ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ ।

जिलिनमा मात्रै तीन हजार बढी संक्रमित थपिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

कोरोना संक्रमण बढ्न थालेपछि कम्तीमा पनि ११ सहर र काउन्टीमा लकडाउन गरिएको छ । एक करोड ७० लाख जनसंख्या भएको प्रविधिको हब मानिएको सहर शेनझेनमा पनि लकडाउन गरिएको छ।

Leave a Reply