\
अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानको काबुलमा भएको विष्फोटमा १ जनाको मृत्यु, २ घाइते

काबुल, अफगानिस्तान । अफगानिस्तानको काबुलमा मङ्गलबार भएको विष्फोटमा १ जनाको मृत्यु हुनुका साथै अन्य २ जना घाइते भएको सिन्ह्वा समाचार एजेन्सीले उप आन्तरिक मन्त्री मोहम्मद इजामलाई उद्धृत गर्दे जनाएको छ ।

काबुल शहरको प्रहरी जिल्ला ८ मा आज विष्फोट भएको हो । शुक्रबार काबुलको दश्त-ए-बार्च क्षेत्रमा एउटा मिनी-बसलाई लक्षित गरी भएको बम आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए ।

इस्लामिक स्टेटले शुक्रबार भएको विष्फोटको जिम्मेवारी लिएको छ ।

Leave a Reply