\
अन्तर्राष्ट्रिय समाचार

काबुलको विश्वविद्यालयमा आक्रमण हुँदा ५ को मृत्यु

एजेन्सी, १५ माघ । अफगाननिस्तानको राजधानी काबुलमा रहेको एक सैन्य विश्व विद्यालयमा आक्रमण हुँदा ५ जनाको मृत्यु भएको छ । केही दिन अगाडी मात्रै अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा करिब १ सय जनाको मृत्यु भएको थियो ।

विश्वविद्यालयमा भएको हमलामा मृत्यु हुनेहरूमा ३ लडाकु र २ जना अफगानी सेना रहेको सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ । एक साता भित्र राजधानी काबुलमा भएको यो तेस्रो हमला हो । अफगानिस्तानमा हुने गरेको यस्ता हमलाको जिम्मेवारी इस्लामिक स्टेट तथा तालिवानी समुहले लिने गरेको छ ।

Leave a Reply