\
अन्तर्राष्ट्रिय समाचार

भारतको मध्य प्रदेशका मूख्यमन्त्री चौहानलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी, १० साउन । भारतको मध्य प्रदेशका मूख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरसको संक्रमण भएको छ । द टाइम्स अफ इण्डियाका अनुसार उनीलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

साथै उनले पनि ट्वीटरमार्फत् आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । उनी चिकित्सकको सल्लाह अनुसार क्वारेन्टाइनमा बसेको बताइएको छ । भारतमा लकडाउनकै समयमा मूख्यमन्त्री बनेका चौहानसँग सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा बस्न भनिएको छ ।

Leave a Reply