भोलिदेखि विदेशमा रहेका नेपालीको उद्धार, शुक्रबार बर्मा र इमिरेट्सबाट नेपाली आउँदै
२२ जेठ,काठमाडौं । शुक्रबारदेखि नेपालीको उद्धार सुरु हुने भएको छ । सरकारले कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीहरुको भोलिदेखि सुरु गर्न लागेको हो ।
पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ । त्यस्तैगरी शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट चार्टर्ड विमानमा २१० जना नेपाली लिएर काठमाडौं आउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
बर्मामा कार्यरत नेपालीहरू काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । फर्किने बेला सो विमानले काठमाडौंमा रहेका बर्मेली नागरिक लिएर जानेछ ।