\
राष्ट्रिय समाचारसमाचारहेडलाइन

उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्बिन सक्ने

जेष्ठ ४, काठमाडौँ । कोरोना भाइरसवाट बच्नको लागि सरकारले चैत ११ गतेदेखि सुरु गरिएको लकडाउनबारे लकडाउनबारे निर्णय गर्न आज कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ । आज दिउसो २ बजे बस्ने समन्वय समितिको बैठकले सरकारलाई लकडाउनबारे सिफारिस गर्नेछ ।

शुक्रबार बसेको समितिको अनौपचारिक बैठकमा लकडाउन बढाउनेबारे छलफल भएको थियो । अति जोखिम, मध्यम र न्यून जोखिमका क्षेत्र छुट्टयाएर त्यसैअनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्ने अनौपचारिक निर्णय उक्त बैठकले गरेको थियो ।

कोरोना संक्रमणकै कारण सिन्धुपाल्चकोककी एक महिलाको मृत्यु भइसकेको छ । संक्रमण बढ्दै गएको र मृत्युसमेत भएको अवस्थामा सरकारले समन्वय समितिको सिफारिसअनुसार निर्णय गर्नेछ । मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दैछ ।

Leave a Reply