नेपाल प्रवेश गर्न नदिएपछि सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिकमाथि हवाई फायर
वैशाख २५, काठमाडौँ । नेपाल र भारत सीमानामा भारतबाट दुइटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।
बाराको कबहीगोठस्थित नाकामा प्रवेश गर्न प्रहरीले नदिएपछि करिब डेढ सयको संख्यामा भारतीय नागरिक सशस्त्र प्रहरीको चेक प्वाइन्टमा ढुंगामुढा गर्न आएका थिए । त्यही क्रममा सशस्त्रले हवाई फायर गरी भीडलाई भारततफै फर्काएको हो ।