\
समाचार

आइसोलेसन वार्डबाटै भागे आमा-छोरा, खोजी कार्य तीव्र

३० चैत, डडेल्धुरा । कोराना भाइरसको आशंकामा तीन दिनअघि भर्ना भएका दुईजना डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डवाट भागेका छन् । तीन दिनअघि अस्पतालमा भर्ना भएका उनीहरू अस्पताललाई जानकारी नदिइ शनिबार दिउँसो अस्पतालबाट भागेका हुन् ।

दुबैजनाको स्वास्थ्य अवस्था सामान्य नै रहेका उनीहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन् । उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ । भागेका उनीहरू आमा-छोरा हुन् । छोरा भारतबाट आएको बुझिएको छ । उनीहरूको खोजी कार्य तीव्र पारेको एक प्रहरीले बताए ।

Leave a Reply