\
समाचार

बराहापोखरी ताल जाने सडक तराईसँग जोडिदै

खोटाङ । बराहापोखरी-पिप्ले-अजिङ्गरे सड्क निर्माण कार्य पुन्:सुरु भएको छ । गत आर्थिक वर्षमा खोटेहाङ गाउपालिका कालापानीका बसिन्धाहरुले कुलो र खैरेनी बनमा क्षति पुग्ने भन्दै अबरोध गरेकाले उक्त सडक निर्माणको लागी बिनियोजित ३० लाख बजेट फ्रीज एको थियो ।

नेपाल सरकार ले १००औं गन्तब्य मध्ये एक गन्तब्य बाराहापोखरी गाउपालिका वडा नं १ मा अबस्थित बराहापोखरी ताललाई तराईसँग जोड्ने सबै भन्दा छोटो दुरिको सडक खोटेहाङ गाउपालिका अध्यक्ष प्रदिप राइ र बाराहापोखरी गाउपालिका अध्यक्ष शलिकराम बन्जरावीच सहमतीपछि सडक निर्माणको काम पुन: सुरु भएको हो ।

गत बर्ष खोटाङ जिल्ला अदालतले मुद्दाको छिनोफनो गरी सडक निर्माण कार्य अघी बढाउन दिएको आदेश पछी पनि स्थानीयवासीहरुले लगातार अबरोध गर्दै आइरहेको थियो । उक्त सहमतीपछि सडक निर्मान कार्यले तिब्रता पाएको कुरा बाराहपोखरी, पिप्ले र अजिङ्गरे सड्क निर्माण समितीका अध्यक्ष पदम मगरले जनकारी दिए । उनले कुल बिनियोजित बजेत को १० प्रतिशत जनस्रमदानवाट गरिने सहमती भएको जनकारी दिए ।

Leave a Reply