\
राष्ट्रिय समाचारसमाचार

भलाइ कोषमा अत्यावश्यक बाहेकका सेवा बन्द

रुपन्देही, १० चैत । यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

कोषको कार्यसमितिको बैठकले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै कोषले प्रदान गर्दै आएका सेवाहरु घरमै बसेर प्रदान गर्न सकिने र दुर्घटनालगायत बीमासँग सम्बन्धित कामहरु नरोकिने गरी अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको कोषका लेखाप्रमुख ऋषि अर्यालले जानकारी दिनुभयो ।

यही चैत ६ गतेदेखि कर्मचारीमा आलोपालो प्रणाली लागू गरेको कोषले अत्यावश्यकबाहेकका सेवा बन्द गरे पनि भलाइ कोष काट्ने काम भने नरोकिने अध्यक्ष दिनेश फुल्लेलले बताउनुभयो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कोरोना सङ्क्रमणको जोखिम हुने भन्दै लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा रोक लगाउने र अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हँुदा सरकारी निर्णयको स्वागत गर्दै कोषले पनि आफ्नोतर्फबाट ऐक्यबद्धता जनाएको अध्यक्ष फुल्लेलले बताउनुभयो ।

Leave a Reply