\
राष्ट्रिय समाचारसमाचारहेडलाइन

मिजोरम र म्यानमार हुँदै खाडी लैजाने मानव तस्करीको नयाँ रुट तयार

माघ ५, काठमाडौं । मिजोरम र म्यानमार हुँदै खाडी लैजाने मानव तस्करीको नयाँ रुट तयार भएको छ । पछिल्लो समय मानव तस्करले नयाँ–नयाँ रुट प्रयोग गर्दै नेपाली महिलालाई कतार, साउदी अरब, कुवेत, बहराइनलगायत मुलुक पठाउने गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

‘सीमा वारपार गर्न सजिलो भएकाले तस्कारले काठमाडौँ–मिजोरम–म्यानमार रुट प्रयोग गरिएको देखिन्छ,’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसाल भन्छन्, ‘मणिपुर र मिजोरममा नेपालीभाषीको बाक्लो बसोबासका साथै म्यानमारमा समेत नेपाली भाषी रहेकाले विभिन्न बहानामा सीमा वारपार गर्न सजिलो भएको देखिन्छ । दिल्ली विमानस्थलमा अध्यागमनलाई कडाइ गरिँदै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अनिर्वाय गरिएको छ ।

पछिल्लो समय दलालले पैदल मार्गबाट म्यानमार पु¥याउने, श्रीलङ्का ट्रान्जिट बनाएर खाडी तथा मध्यपूर्वका देश पु-याउने काम हुँदै आएको उनको भनाइ छ । म्यान्मारको टमु क्षेत्रमा सन् २०१५ अक्टोबरमा अध्यागमन कार्यालय स्थापना गरिएको थियो । म्यान्मारले अनलाइनमार्फत् अनअराइभल भिसासमेत दिन थालेपछि यो रुटको प्रयोग गर्न थालिएको हो ।

Leave a Reply