\
राष्ट्रिय समाचारसमाचारहेडलाइन

बूढानीलकण्ठ दुर्घटना बारे नायिका परमिता राणाले खोलिन् सत्य कुरा !

२३ पुस, काठमाडौं । नायिक परमिता राणाले एक तथ्य सार्बजनिक गरेकी छन्। राणाले फेसबुकमा एक स्टाटस लेख्दै मंसिर २८ गते बिहान बूढानीलकण्ठमा दुर्घटना भएको कारमा आफु पनि सवार रहेको खेकेकी छन् ।

कारमा मल्लसहित करिश मास्के, एलिना थापासहित अर्की एक जना युवती रहेको बताइएको थियो । ती युवती नायिका राणा रहेको चर्चा भए पनि प्रहरीले पुष्टि गरेको थिएन । बूढानीलकण्ठ–५ मा बा १४ च ६१२३ नम्बरको कार मादक पदार्थ सेवन गरेका चालक २१ वर्षीय पृथ्वी मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा पैदलयात्रु गोरखा घर भइ विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटालाई ठक्कर दिँदा मृत्यु भएको थियो । उक्त कारमा मल्लसहित करिश मास्के, एलिना थापा र राणा रहेको बताइएको उनले खुल्याएकी छन् ।

राणाले स्टाटस लेख्दै भनेकी छन्, ‘चार जनाले गरेको मूर्खतापूर्ण निर्णयले एक जना निर्दोषको ज्यान गएको छ । म चाहन्छु कि यो सत्य नभइ एक डरलाग्दो सपना होस्, तर म पनि कारभित्रको एक यात्रु थिएँ । मलाई त्यो दुर्भाग्यपूर्ण घटनाले धरै आघात पुर्‍याएको छ । यो घटनाले मेरो जीवन नै पूर्णतः परिवर्तन गरिदिएको छ । मैले पनि दुई वर्षको हुँदा बुबालाई कार दुर्घटनामा गुमाएकी थिएँ, त्यसयता म पनि बुबा पीडा र क्रोधका साथ बाँचिरहेको छु’, राणाले लेखेकी छन्, ‘व्यक्तिगत रुपमा मलाई चिन्नेलाई थाहा छ कि म किरालाई पनि चोट पु¥याउन सक्दिनँ । म दयालुपन नै दुनियाँमा सबैभन्दा ठूलो कुरा हो भनेर हुर्किएकी हुँ । मेरो साथीले बाहिरको वातावरण हेरेर आउँदा पनि मैले केही सोच्नै सकेको थिइन । एक्कासीले उसले हात समातेर बाहिर तानेर भागभन्दा मात्र म झसंग भएँ’, उनले भनेकी छन्, ‘बाहिर निस्किएर पनि के गर्ने भन्ने थाहा नपाएर म छेउमै उभिइरहेँ ।’

राणाले बाटो छेउमा आएर पहिलो पटक आमालाई फोन गर्दा नउठेको र त्यसपछि एक जना स्थानीयले आएर त्यहाँ बस्नु सुरक्षित हुँदैन भनेर आफूलाई अन्यत्र लगेको र ट्याक्सीमा चढेर घरसम्म पुगेको उल्लेख गरेकी छन् ।

Leave a Reply