निराला सर्वसम्मत अनुमोदित
काठमाडौँ, २० पुस । संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यका लागि सिफारिस भएका लक्ष्मीबहादुर निरालालाई सर्वसम्मत अनुमोदन गरेको छ । समितिले आज निरालाको संसदीय सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले क्षमता र अनुभवका आधारमा योग्य देखिएको हुँदा निराला सर्वसम्मतिले अनुमोदन भएको जानकारी दिनुभयो ।
समितिले आज उहाँविरुद्ध परेका उजुरीको सुनुवाइ गर्ने तय गरेको थियो तर उहाँविरुद्ध कुनै पनि उजुरी नपरेपछि आजै सुनुवाइ भएको हो । निरालाविरुद्ध उजुरी दिनका लागि समितिले १० दिनको म्याद दिएको थियो । यही पुस ३ गते मन्त्रिपरिषद्को बैठकले उहाँलाई परिषद् सदस्यका लागि सिफारिस गरेको थियो ।