\
राष्ट्रिय समाचारसमाचारहेडलाइन

गृहमन्त्री हटाएर रक्षामन्त्री ल्याउनुको स्वार्थ ‘हजुरिया पुँजीवाद’

८ पुस, काठमाडौं । नागरिक दैनिकले सत्ता निकट रहेर राज्यको सम्पत्ति दोहन गर्न पाइन्छ भने व्यापारीका निम्ति योभन्दा उचित अवसर अरु केही हुन नसक्ने भन्दै ‘हजुरिया पुँजीवाद’ शीर्षकमा सम्पादकीय लेखेको छ ।

सम्पादकीयमा भनिएको छ– नेपाल ट्रस्टको सञ्चालक समितिमा रहेका गृहमन्त्री रामबहादुर थापालाई हटाएर रक्षामन्त्री ईश्वर पोखरेल ल्याइनुको अर्थ पनि त्यतिबेला खुलेको छ । त्यति मात्र होइन, विभिन्न मन्त्रालयका सचिवलाई समिति सदस्यमा राखिएकामा अहिले तिनलाई हटाएर बाहिरबाट सदस्य राखिएको छ । यतीसँग प्रत्यक्ष सरोकार भएका सीताराम सापकोटालगायत तीन सदस्यमा स्वार्थ गाँसिएको देखिए छ ।

Leave a Reply