\
समाचार

पीपीएलमा दुईवटा खेल आज हुदै

पुस ६, पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (पीपीएल) आज आइतबार दुईवटा खेल हुँदैछ । पहिलो खेल बिहान साढे ९ बजे शुरु शुरु भएको छ । पोखरा रंगशालामा हुने पहिलो खेलमा विराटनगर टाईटन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुदैछ।

पारस खड्काको कप्तानीमा रहेको चितवन तीन खेलमा अपराजित रहँदै ६ शीर्ष स्थानमा छ । विराटनगर ३ खेलमा २ अंक जोडेर तालिकाको चौंथो स्थानमा छ ।
दोस्रो खेल साढे १२ बजे शुरु हुनेछ । खेलमा बुटवल ब्लास्टर्स र एक्स्पर्ट धनगढीबीच प्रतिस्पर्धा हुनेछ। तीन खेलमा ४ अंक जोडेको बुटवल तालिकाको तेस्रो स्थानमा छ भने तीन खेलमा २ अंक जोडेको धनगढी तालिकाको पुछारमा छ ।

Leave a Reply