छुरा प्रहार गरी फरार रहेका ३ जना पक्राउ
मंसिर ३०, भक्तपुर । २५ गते बुधबार भक्तपुर नगरपालिका–१० कमलविनायक बसपार्कस्थित विवाहमा जन्त गई फर्कर्दै गरेका भक्तपुर नगरपालिका–९ च्याम्हासिंह बस्ने ४८ वर्षका गंगाप्रसाद प्रजापतिलाई छुरा प्रहार गरि फरार रहेका ३ जनालाई पक्राउ गरेको छ ।
छुरा प्रहरी गरि फरार रहेका रामशेखर शिलाकार, समिर मंक र प्रविण बस्नेतलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । उनीहरुमाथि अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।