बस दुर्घटना हुँदा २२ जना घाइते, चालक फरार
मंसिर २७, चितवन । चितवन रत्ननगर नगरपालिका–२ टाँडीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बस दुर्घटना हुँदा घाइतेमध्ये ४ जनाको भरतपुरमा रहेको पुरानो मडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य यात्रुहरु उपचारपछि घर फर्केका छन् ।
बाराबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४७५५ नम्बरको बस दुर्घटना हुँदा घाइतेहरु गौरीशंकर यादव, रामबाबु यादव, मनोज साह र खुसीलाल यादवको पनि उपचार भइरहेको छ । बसका चालक फरार रहेको प्रहरीले जानकारी दिए ।