\
घटनादुर्घटनाराष्ट्रिय समाचारसमाचार

हात्तीको आक्रमणबाट २ को मृत्यु, ४ घाइते

२५ मंसिर, काठमाडौं । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । बुधबार बिहान महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा घाँसकाट्न गएको समयमा हात्तीले आक्रमण गर्दा भुलीदेवी बोहोरा र बसन्ती भट्टको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

ललिता बोहरा, सुनिता विष्ट, उमा साउद र सरिता ओझा घाइते भएको प्रहरीले बताए ।

Leave a Reply