\
राष्ट्रिय समाचारसमाचार

डीएसपी कुमुधविरुद्ध पक्राउ पूर्जी

१८ मंसिर, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुमुध ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले बारम्बार फोन गरेको भेटिएको सार्वजनिक गरेका थिए । त्यसपछि २० बैशाखमा उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो ।

ढुंगेलको हकमा ७ महिनापछि पक्राउ पूर्जी जारी भएको प्रहरीले सार्वजनिक गरेको हो । ढुंगेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिसकेको छ ।

Leave a Reply