जीप दुर्घटनावाट मृत्यु भएका १४ जनाकै पहिचान खुल्याे, १ बेपत्ता
१६ मंसिर । बडिगाड गाउँपालिका-७ घोपर्नामा लु १ ज ५२१९ नम्बरको जीप दुर्घटनावाट ज्यान गुमाएका १४ जनामध्ये १० जनाकाे पहिचान खुलेको छ । घटनामा एक जना बेपत्ता छन् ।
मृत्यु हुनेमा सुचना कार्की, जीप चालक रेश्म थापा, बसुन्धरा कार्की, माया थापा, सीता कार्कीं, दुई वर्षीया अनुशा कार्की, झवी कार्की, महेन्द्र कार्की, भूमी कार्की, मिना बस्नेत, धन बहादुर कार्की, लक्ष्मी केसी, मुना कार्की, धनबहादुर कार्की छन् । धनबहादुर कार्की बेपत्ता छन् ।
घाइते हुनेमा जीवन कार्की, हिमाल कार्की र निमा केसी रहेको प्रहरीले जनाएको छ । घाइतेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।