\
घटनादुर्घटनाराष्ट्रिय समाचारसमाचार

दुर्घटनावाट ३ को मृत्यु, १३ जना घाइते

१३ मंसिर, काठमाडौं । सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका-४ मुङ्ग्राहामा दुर्घटना हुँदा ३ जनाको मृत्यु र १३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा सुर्खेत खजुराका मंगली गुरुङ, सुब्बाकुनाका देवीप्रसाद सुवेदी, धुलियाबिटकी चन्द्रकली सिङ्गौली, तातापानीका मोहन परियार, सोही ठाउँकी झुमा परियार, चन्द्रा परियार, भीम परियार, दैलेख दुल्लु नगरपालिकाका अविषेक योगी, मेहेलतोलीका लक्ष्मीप्रसाद उपाध्याय, नारायण नगरपालिका-४ का डिलबहादुर कटुवाल र बाँके नौवस्ताका कर्णबहादुर बोगटीलगायत पनि घाइते भएको प्रहरीले जानकारी दिए ।

घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । गाडी चालक भने फरार रहेका छन् ।

Leave a Reply