\
घटनादुर्घटनामुख्य समाचारसमाचार

बस दुर्घटनावाट १४ जना घाइते

२ मंसिर, नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाँउपालिका–१, कुसुममा सोमबार बिहान दाङको तुल्सीपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना५ख ६४४९ नम्बरको बस ९ बजे अनियन्त्रित भई बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये दलबहादुर मल्ल र विष्णु कुमारी नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, बाँके पठाइएको प्रहरीको भनाइ छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply