\
समाचार

पाकिस्तान र अफगानिस्तानको सीमामा ६.८ रेक्टर स्केलको भूकम्प

एजेन्सी-भारतको राजधानी दिल्लीसहित विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको केन्द्र उत्तरपश्चिम पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा रहेको अमेरिकी भूगर्भ अध्ययन केन्द्रले उल्लेख गरेको छ।

भूकम्पको झड्का ६.८ रेक्टर स्केल मापन गरिएको छ। दिल्ली र आसपासमा केही सेकेण्ड धक्का महसुस भएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। दिल्लको मेट्रो रेल सेवा तत्कालका लागि बन्द गरिएको छ। भूकम्पले पुर्याएको क्षतिको विवरण भने प्राप्त भैनसकेको संचार माध्यमले जनाएका छन्।

Leave a Reply