ऋतिक रोशनले भने, ‘म कट्रिनालाई एक मजदुर ठान्छु’
एजेन्सी, बलिउड नायक ऋतिक रोशन र नायिका कट्रिना कैफले हालै दिएको एक अन्तरवार्तामा कट्रिनालाई ‘मजदुर’ बताएका छन् जसले धेरैलाई चकित बनाएको छ ।
अन्तरवार्तामा कैफबारे उनले भने, ‘यो कुरा म कट्रिनालाई सधैं भन्न चाहन्थेँ । जसलाई उनी एक अपमानको रुपमा लिन्छिन् तर यसको अर्थ यो हो कि म राम्रो उद्देश्यसहित उनको प्रशंसा गर्छु ।’
रोशनले भने, ‘म कट्रिनालाई एक ‘मजदुर ठान्छु । अहिलेसम्म मैले जोसँग काम गरे, उनी सबैभन्दा उत्कृष्ट हुन् ।’