\
अपराधघटनामुख्य समाचारसमाचारहेडलाइन

अस्मिताको बयान सकियो, रवि र युवराजको भोलि

८ भदौ, काठमाडौं । पत्रकार शालिकराम मृत्यू प्रकरणका आरोपी मध्ये अस्मिता कार्कीको बयान सकिएको छ । रवि लामिछाने र युवराज कँडेलको बयान नसकिएपछि हिरासतमा पठाएको छ ।

भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए ।
सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहनसम्बन्धी अभियोगपत्र आइतबार चितवन जिल्ला अदातलमा दर्ता गराएपछि बयान लिन सुरु भएको थियो ।

एउटै इजलासमा पालैपालो बयान लिइने भएकाले बयान लम्बिएको हो । बयान सकिएपछि भोलि बहस हुनेछ । बहसपछि मात्रै रिहा गर्ने वा कारागार चलान गर्ने आदेश अदालतले दिनेछ ।

Leave a Reply